ताप्लेजुङ– प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरामा सटही हुन नसकी थुप्रिएका १६ टन सिक्का साटिने भएको छ । झापाको दमकस्थित कन्काई विकास बैंकले सिक्का साट्ने भएको हो ।


ADVERTISEMENT


बैंकले साट्ने भएपछि सिक्का ताप्लेजुङबाट ट्रकमा राखेर पठाइएको पाथिभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बर्द्धन समितिले जनाएको छ ।


ADVERTISEMENT

# # #


सिक्का पाथीभरा मन्दिरबाट भालुगौंडेसम्म बोकेर ल्याइएका सिक्का त्यहाँबाट साना सवारी साधनबाट फुङलिङको हेलिप्याडमा ल्याएर गोदाम राखिएको थियो । समिति र बैंकबीच छलफल भई धुने, टल्काउने र सफा सिक्का तौलको आधारमा हिसाब गर्ने सहमति भएको छ ।

एक रुपैयाँ सिक्काको तौल चार र दुई रुपैँयाको पाँच ग्राम हुन्छ । टल्कने ४ किलो सिक्काको एक हजार रुपैयाँ हुन्छ । गनिरहन झन्झट हुने भएकाले यसरी नै हिसाब निकाल्ने बैंकले जनाएको छ ।

जस अनुसार १६ टनको ४० लाख रुपैयाँ हुने समितिका कर्मचारी नविन निरौलाले बताए । पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सिक्का हालसम्म सटही भएको थिएन । केही हजार सिक्का सदरमुकामका पसलेले साटे पनि ठूलो परिमाणमा सिक्का त्यसै थन्किएको थियो ।

ताप्लेजुङमा रहेका बैकहरुमा आग्रह गर्दा समेत थन्किएको सिक्का नसाटिदा समितिलाई व्यवस्थापनमा समस्या भएको थियो ।
समितिका सहसचिव लक्ष्मी काफ्लेका अनुसार दशैं र चैते दशैंका बेलामा दैनिक १४ पाथिसम्म पाथीभरामा सिक्का जम्मा हुन्छ । एक पाथीमा २२ किलो हुन्छ ।