काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सरकारले पेश गरेको संविधान संशोधन प्रस्ताव असफल भएकाले प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन्।


ADVERTISEMENT


संविधान संशोधन विधेयक असफल भएपछि सरकामाथि नैतिक प्रश्न उठेकाले नेता रावलले प्रधानमन्त्री देउवाको राजीनामा माग गरेका हुन्। ‘सरकार चलाउने नैतिक अधिकार छैन,’ उनले भने, ‘यो संशोधन विधेयक असफल भएसँगै उहाँहरूले सरकार चलाउने नैतिक आधार गुमाउनु भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले गुमाउनु भएको छ। अब उहाँहरूले सरकार छोड्नुपर्छ।’


ADVERTISEMENT

# # #


उनले एमालेले औपचारिक बैठकमा पनि यो विषयमा छलफल गर्ने बताए।

‘हामीले यो संविधान संशोधन होइन, कार्यान्वयन गर्नुपर्छ भन्दै आएका थियौं,’ नेता रावलले भने, ‘उहाँहरूले जबरजस्ती यो संशोधन ल्याउनु भयो, जुन फेल हुने पहिले नै निश्चित थियो।’

यो संशोधन विधेयक असफल भएसँगै संविधानको विरोधमा कोही पनि नरहेको र अहिलेको संविधान सर्वसम्मत भएको प्रतिकृया दिए। पहिले मधेसी मोर्चा र अहिले राष्ट्रिय जनता पार्टीले संविधान नमान्ने बताइरहेको तर यो संशोधनको प्रकृयामा सामेल भएकाले उनीहरू पनि संविधानको दायरामा आएको नेता रावलको दाबी छ।

‘अब संविधानको दायरामा को छ को छैन भन्ने बहसको अन्त्य भएको छ र संविधान सर्वसम्मत भएको छ,’ उनले भने।