काठमाडौँ – नेपालले विश्वभर फैलिरहेको महामारी कोरोना भाइरसविरुद्ध लड्नका लागि ‘सार्क आपतकालीन कोष’मा नेपाल सरकारले १० करोड रुपैयाँ योगदान गर्ने भएको छ । शुक्रबार राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त जानकारी दिएका हुन् ।


ADVERTISEMENT


गत चैत्र २ गते कोरोनाविरुद्ध रणनीति बनाउन सार्क राष्ट्रका नेतृत्वबीच गरिएको भिडियो कन्फेरेन्समा भारतीय प्रधानमन्त्रीले नरेन्द्र मोदीले आपतकालमा सार्क राष्ट्रका जुनसुकै राष्ट्रले प्रयोग गर्न मिल्ने गरी ‘कोभिड १९ आपतकालीन कोष’ खडा गर्न प्रस्ताव गरेका हुन् ।


ADVERTISEMENT

# # #


त्यसका लागि भारतका तर्फबाट १० मिलियन अमेरिकी डलर योगदान गर्ने बताएका थिए । उक्त भिडियो कन्फेरेन्सकै बेला प्रधानमन्त्री ओलीले पनि नेपालका तर्फबाट सहयोग रहने प्रतिवद्धता जनाएका थिए । त्यही प्रतिवद्धता अनुसार नेपालले १० करोड नेपाली रुपैयाँ जम्मा गर्ने बताएका हुन् ।