काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । पछिल्लो समय विश्वमा फैलिरहेको महामारी कोरोना भाइरस (कोभिड १९)विरुद्ध नेपाल सरकारले चालेका कदम र सचेतनाबारे जानकारी गराउन प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका हुन् ।


ADVERTISEMENT


शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारबाट सम्बोधन गरेका प्रधानमन्त्री ओलीले विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिमलाई ध्यानमा राख्दै चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कार्यालय बन्द गर्ने निर्णय गरेको बताए । उनले नेपाल राजपत्रमा प्रकाशन गरिएका अत्यावश्यक सेवा बाहेकका संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने सबै सेवा बन्द गर्न आग्रह गरेका हुन् ।


ADVERTISEMENT

# # #


यस्तै सरकारले आगामी चैत १० गतेदेखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुबाहक सवारी साधन बन्द गर्ने निर्णय गरेको छ । सो अवधिमा अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन, भीडभाडमा नजान, सरसफाइमा ध्यान दिन, अनावश्यकरुपमा खाद्यान्नको सञ्चित नगर्न, चिकित्सकको सल्लाह लिन र आतङ्कित नहुन पनि प्रधानमन्त्रीले आह्वान गरे ।

‘यस संकटको घडिमा सबै एक भएर सरकारलाई साथ दिन आवश्यक छ । सरसफाइमा उचित ध्यान दिनुहोस्, साबुन पानीले पटकपटक हात धुने, र सेनिटाइजर प्रयोग गर्ने गर्नुहोस्’ प्रधानमन्त्रीले सम्बोधनका क्रममा भने, ‘भिडभाडबाट टाढै रहनुहोस् । सकेसम्म घरभित्रै बस्नुहोस् । अत्यावश्यक वस्तुको अधिक सञ्चय नगर्नुहोस् । हल्ला र अफवाहबाट भ्रमित र प्रभावित नभई चिकित्सक र विज्ञको सुझाव मान्नुहोस् ।’

जारमा कृत्रिम अभाव हुन नदिन र भएको पाइएमा कडा कारवाही गरिने स्पष्ट उनले स्पष्ट पारे । सबै सीमा नाकाबाट आवागमन गर्ने यात्रुको अनिवार्य स्वास्थ्य जाँच गरिने, देशभर स्वास्थ्य सेवा प्रभावकारी बनाइने भएकाले उच्च मनोबलका साथ कोरोना भाइरसलाई परास्त गर्न आह्वान गरे ।

यस्तै प्रधानमन्त्री ओलीले यस असहज परिस्थितिलाई छिटोभन्दा छिटो अन्त्य गरी जनजीवनलाई सामान्य बनाउन सरकार प्रयत्नशील रहने विश्वास दिलाए ।  कारोना संक्रमित मुलुकबाट आएका सबै यात्रुलाई आफू बच्न र आफ्नो परिवारलाई बचाउन ‘सेल्फ क्वारेन्टाइन’मा बस्न आग्रह गरे ।

‘मुलुकबाहिर ठूलो संख्यामा दाजुभाई तथा दिदिबहिनीहरु रहदै आउनु भएको छ । कोरोना भाइरसका कारण तपाईहरुलाई मुलुक फर्किन केही असुविधा परेको मेरो जानकारीमा छ ।’ प्रधानमन्त्री ओलीले भने, ‘यस घडीमा नआत्तिन र चिन्तित नहुन आग्रह गर्दै आवश्यक पर्दा आफू रहेको देशको कुटनीतिक नियोगमा सम्पर्क राख्न आग्रह गर्दछु ।’