काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमण जानुअघि १५ जना राज्यमन्त्री थप्ने भएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री कार्यालय स्रोतले दिएको जानकारीअनुसार कांग्रेसबाट १२ र फोरम लोकतान्त्रिकबाट ३ राज्यमन्त्री थप गर्न लागिएको हो । देउवाले कांग्रेसबाट सीता गुरुङलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री, सरिता प्रसाईँ कृषि विकास, शेषनाथ अधिकारी शिक्षा, नरबहादुर चन्द वाणिज्यरहेका छन् ।


ADVERTISEMENT

# # #


यसैगरी अब्दुल रज्जाक गद्दी खानेपानी, तप्पबहादुर विष्ट सूचना तथा सञ्चार, अमरसिंह पुन सिंचाई, दिलमान पाख्रिन कानुन, न्याय तथा संसदीय मामिला, उदयशमसेर राणा अर्थ, डिल्लीबहादुर चौधरी श्रम तथा रोजगार राज्यमन्त्री, तेजुलाल चौधरी युुवा तथा खेलकुद राज्यमन्त्री, चम्पादेवी खड्का सहकारी तथा गरिबी निवारण राज्यमन्त्रीमा नियुक्ति गर्न लागेका हुन् । केहीबेरपछि उनीहरुको सपथ ग्रहण हुँदैछ ।

त्यसैगरी लोकतान्त्रिक फोरमबाट संघीय मामिला तथा स्थानीय विकास, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन र भूमिसुधार तथा व्यवस्था राज्यमन्त्रीमा नियुक्ती गर्ने निर्णय गरेका हुन् ।

नवनियुक्त राज्यमन्त्रीहरुको आजै साढे तीन बजे सपथ ग्रहण हुने जनाएका छन् । देउवाले यसअघि माओवादी केन्द्रका ८ जना राज्यमन्त्री थप गरिसकेका छन् ।

प्रधानमन्त्री, २६ जना मन्त्री र २३ जना राज्यमन्त्री रहेको मन्त्रीमण्डल बन्ने भएको छ ।