एजेन्सी _ विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड १९) को महामारी नियन्त्रणका लागि परीक्षणलाई तीव्रता दिनुपर्ने र मानिसबीचको सम्पर्कलाई थप कडाइ गर्नुपर्ने बताएको छ ।


ADVERTISEMENT


डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम गेबेरियससले महामारी तीव्र गतिमा फैलिरहेको भन्दै सबै देशले अहिले गरिरहेको काममा थप प्रयास गरेमा नियन्त्रण लिन सम्भव हुने बताएका हुन् ।


ADVERTISEMENT

# # #


महानिर्देशक गेबेरियससले अब देशहरुले रणनीति परिवर्तन गर्दै परीक्षणलाई तीव्रता नदिए र मानिसबीचको सम्पर्कमा कडाइ नगरेमा माहामारी गम्भीर बन्ने चेतावनी समेत दिए ।

एक सय ९५ देश र एउटा अन्तर्राष्ट्रिय पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म तीन लाख ७८ हजार सात सय जनामा सङ्क्रमण भइसकेको छ । सङ्क्रमतिमध्ये एक लाख एक हजारभन्दा धेरै उपचारपछि निको भएका छन् भने १६ हजार चार सय ९५ जनाको ज्यान गैसकेको