एजेन्सी – बहुचर्चित फ्रेन्चाईज लिग ईण्डियन प्रिमियर लिग क्रिकेट सञ्चालन हुने वा स्थगित गर्ने भन्नेबारे आज निर्णय हुने भएको छ । प्रतियोगिता सञ्चालनका बिषयमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले आज सबै टोलीसंग छलफल गरी निर्णय लिने जनाएको छ ।


ADVERTISEMENT


विश्वव्यापी रुपमा बढ्दो कोरोना संक्रमणका कारण मार्च २९ का लागि तय गरिएको आईपीएल अप्रिल १५ का लागि सारिएको हो । सो मितिमा पनि प्रतियोगीता गर्न कठिन हुने आबाज उठिरहेका बेलाई बिसीसीआईले सबै टोलीसंग छलफल गर्न लागेको हो । भिडियो कन्फ्रेन्सबाट गर्ने छलफलबाट प्राप्त हुने सुझावका आधारमा प्रतियोगिताको भविष्य निर्धारण गर्ने बीसीसीआईले जनाएको छ ।


ADVERTISEMENT

# # #


अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले पनि आगामी २ महिनापछिका प्रतियोगिता धमाधम स्थगीत गरिरहेका बेला आईपीएल यही समय हुने संभावना भने कम छ ।