काठमाडौँ – गृहमन्त्री रामबहादुर थापाले कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिमा सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।


ADVERTISEMENT


प्रहरी महानिरीक्षकसँगै हालै पदोन्नती भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)लाई निर्देशन दिँदै उनले शान्ति सुरक्षा र वर्तमान अवस्थाको चुनौती सामनाका लागि क्षमता प्रदर्शन गर्न दिर्नेशन दिए ।


ADVERTISEMENT

# # #


तीन जना वरिष्ठ प्रहरी अधिकृत एआइजी भएकामा बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै मन्त्री थापाले जिम्मेवारी इमान्दारीपूर्वक पालन गर्न समेत अनुरोध गरे । उनले भने, “वर्तमानमा उत्पन्न भएको सङ्कटका बेला सुरक्षा निकायको भुमिका बढी छ, हाम्रो परिक्षाको घडी पनि हो, लकडाउनलाई प्रभावकारी कार्यान्वयन गराउनुहोस्, यो जनताकै स्वास्थ्यका लागि हो भन्ने सम्झाउनुहोस् ।”

उनले जनतालाई नम्र भएर सरकारी आदेशको पालना गराउन, जनतालाई कुनै समस्या भए तत्काल समाधानको पहल गर्न, कालोबजारीको अनुगमन बढाउन समेत प्रहरीलाई निर्देशन दिएका छन् । यस्तै स्वास्थ्य संस्थाका गतिविधिमा निगरानी बढाउनसमेत उनले आग्रह गरे ।

सो क्रममा गृहसचिव महेश्वर न्यौपानले पनि पदोन्नति भएका एआइजीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । रासस