एजेन्सी – कोरोना भाइरसको संक्रमणबाट इटालीमा शुक्रबार एकैदिन ९ सय १९ जनाको मृत्यु भएको छ । कोभिड–१९ का कारण एकैदिन मृत्यु भएको यो हालसम्मकै उच्च संख्या हो ।


ADVERTISEMENT


युरोपेली मुलुकहरुमध्ये सबैभन्दा बढी प्रभावित इटालीमा हालसम्म मृत्यु हुनेको संख्या ९ हजार १ सय ३४ र संक्रमितको संख्या ८६ हजार ४ सय ९८ पुगेको छ । यो सँगै शनिबार बिहानसम्म इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार एक सय ३४ पुगेको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै, इटालीमा शुक्रबार थप ५ हजार ९ सय जनामा संक्रमण देखिएको छ । शनिबार बिहानसम्म इटालीमा संक्रमितको संख्या ८६ हजार ४ सय ९८ पुगेको छ भने करिब १० हजार निको भएका छन् ।

इटाली पछि दोस्रो बढी प्रभावित युरोपेली मुलुक स्पेनमा पनि शुक्रबार एकैदिन ७ सय ७३ जनाको मृत्यु भएको छ । योसंगै त्यहाँ कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ हजार १ सय ३८ पुगेको छ । स्पेनमा ६५ हजार ७ सय १९ जना संक्रमित छन् ।

कोरोना भाइरसको नयाँ इपिसेन्टर मानिएको अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै करीब १७ हजार थप संक्रमित भेटिएका छन् । शनिबार बिहानसम्म अमेरिकामा संक्रमितको संख्या एक लाख नाघेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै थप ३१२ जनाको मृत्यु भएको छ ।

शनिबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ६ सय ७ पुगेको छ । अमेरिकाको राजधानी वासिङ्टन लगायत ५० वटै राज्यमा कोरोना संक्रमण फैलिएको छ । विश्वका विभिन्न देशमा गरी पछिल्लो २४ घण्टामा मात्रै ३ हजार एक सय ७७ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २७ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।