पर्सा- राष्ट्रिय निकुञ्जमा वन्यजन्तु तस्करका गिरोह र नेपाली सेनाको गस्ती टोलीबीच दोहोरो फायरिङ्ग हुँदा एक तस्करको मृत्यु भएको छ । सेनाको गोली लागेर मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरीका ४५ वर्षीय भिमलाल मोक्तानको मृत्यु भएको हो ।


ADVERTISEMENT


तस्कर समूहले चलाएको गोली लागि सेनाका जमदार मीनबहादुर छन्त्याल गम्भीर घाइते भएका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अमिर महर्जनका अनुसार तिघ्रामा गोली लागेका छन्त्यालको बाराको जीतपुरस्थित बाहिनीमा उपचार भईरहेको छ ।


ADVERTISEMENT

# # #


हिजो बिहान करीब ९ बजेर ४० मिनेटमा निकुन्जको कोर एरिया मानिएको महादेव खेलाको करीब ५ सय मिटर पूर्वमा घटना भएको हो । त्यहाँ वन्यजन्तुको बाक्लो उपस्थिति हुने गर्छ । मुलुक एक साताको लागि लकडाउनमा रहेको मौका छोपी तस्कर समूह निकुञ्जको कोर एरियामा वन्यजन्तुको खोजीमा आएका थिए ।

महर्जनका अनुसार, ११ जनाको संख्यामा रहेका वन्यजन्तु तस्कर समूह र निकुञ्जको सुरक्षार्थ सेनाको सिद्धीबक्स गणबाट खटिएको गस्ती टोलीको जम्काभेट भएपछि तस्कर समूहले सुरुमा फायरिङ्ग गरेको थियो । लकडाउनको समयमा काठ तथा वन्यजन्तु तस्कर गिरोह सक्रिय भएकाले निकुञ्जमा गस्ती तथा सर्तकर्ता थप बढाएको प्रमुख संरक्षण अधिकृत महर्जनले बताउनुभयो ।