एजेन्सी – पछिल्लो समय यूरोपमा वायुको गुणस्तरमा सुधार भएको देखिएको छ । कोरोना भाइरसको संकटका कारण मानवीय तथा औद्योगिक गतिविधि ठप्प हुँदा युरोपमा वायुको गुणस्तरमा सुधार भएको देखिएको बीबीसीले जनाएको छ । लकडाउन तथा औद्योगिक गतिविधि ठप्प हुँदा वायु प्रदूषण तीव्र गतिमा घटेको देखिएको छ ।


ADVERTISEMENT


फ्रान्स, स्पेन, पोर्चुगल, नेदरल्याण्डस र बेलायतसहितका देशको वायुको अवस्था विश्लेषण गर्दा इन्धनको प्रयोगबाट हुने नाइट्रोजन डाइअक्साइडको उत्सर्जन कम भएको देखिएको हो ।


ADVERTISEMENT

# # #