सिड्नी- अष्ट्रेलियाको सिड्नीमा रहेका ४ नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनीहरु अहिले आफ्नै घरमा सेल्फ क्वारेन्टाइन बसिरहेका छन् । संक्रमणमा परेका सबै युवती रहेको क्यानबेरास्थित नेपाली दूतावासले जनाएको छ ।


ADVERTISEMENT


सिड्नीको ग्रान्भिलमा एउटै कोठा सेयर गरेर बसिरहेका ४ जनामध्ये एकलाई केहीदिन पहिले संक्रमणको लक्षण देखिएको थियो । तर, जाँच गरेर नतिजा नआउन्जेल आफ्नै घरमा सेल्फ आइसोलेसनमा बसेकी उनको नतिजामा पोजेटिभ देखिएको थियो ।


ADVERTISEMENT

# # #


आफ्नो साथीलाई कोरोना संक्रमण पोजेटिभ देखिएपछि अन्यले जाँच गर्दा ४ जनामध्ये ३ मा संक्रमण देखिएको हो । विद्यार्थीलाई सहयोग पुर्‍याइरहेको एनआरएन अष्ट्रेलियाका पदाधिकारीले उनीहरुको स्वास्थ्य सामान्य रहेको बताए । त्यसैगरी सोही क्षेत्रमा बस्ने अर्की एक नेपाली विद्यार्थीमा समेत केही भाइरसको संक्रमण देखिएको र उनको स्वास्थ्य समेत सामान्य रहेको दूतावासले जनाएको छ ।

यी दुई संक्रमणका घटना एकआपसमा सम्बन्धित नभएको समेत दूतावासको भनाई छ । उनीहरुको स्वास्थ्यमा सुधार भइरहेको र अस्पतालबाट नियमित मनिटर भईरहेको पनि उहाँले जानकारी दिनुभयो ।

अष्ट्रेलियामा अहिलेसम्म ३ हजार ४ सय बढी संक्रमीत पाईएका छन् जसमा १ हजार ४ सय बढी न्यू साउथ वेल्स राज्यका छन् । यस भाइरसबाट अहिलेसम्म अष्ट्रेलियामा १४ जनाले ज्यान गुमाइसकेका छन् ।