काठमाडौं – खाना पकाउने एलपी ग्यासको सहज व्यवस्थापन र अनावश्यक सञ्चय रोक्न नेपाल आयल निगमले शनिबारबाट भरी ग्यास भएको सिलिण्डर बजारमा नपठाउने भएको छ । एउटा सिलिन्डरमा १४ दशमलव २ किलो ग्यास हुन्छ ।


ADVERTISEMENT


निगमले यसअघि नै आधा सिलिण्डर अर्थात ७ दशमलव १ किलो ग्यासको सिलिण्डर मात्र बजारमा पठाउन उद्योगीहरुलाई निर्देशन दिईसकेको छ । सबै उपभोक्तालाई ग्यासको पहुँचमा पुर्‍याउन आधा ग्यास सिलिण्डर अर्थात ७ दशमलव १ किलो ग्यास मात्र बिक्री गर्न लागिएको निगमले जनाएको छ ।


ADVERTISEMENT

# # #


शनिबारबाट १४ दशमलव २ किलो ग्यास भएको सिलिण्डर मौज्दात भएका डिलरलाई ती ग्यास नसकेसम्म थप ग्यास उपलब्ध नगराउन उद्योगीलाई निर्देशन दिएको निगमका प्रवक्ता विनित मणि उपाध्यायले जानकारी दिए ।