काठमाडौं – राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको वाइड बडी जहाज मेडिकल सामग्री लिन आज चीन जाने भएको छ । औषधोपचारका सामग्री लिन दिउँसो साढे १२ बजे जहाज चीन उड्ने निगमका प्रवक्ता अर्चना खड्काले बताइन् ।


ADVERTISEMENT


वाइड बडी जहाज कोभिड–१९ परीक्षण गर्ने किट र पिपिई लगायतका औषधिजन्य सामग्री लिएर आजै राती १ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने प्रवक्ता खड्काले बताइन् ।


ADVERTISEMENT

# # #


सरकारले कोभिड परीक्षण तथा उपचारका लागि अत्यावश्यक सामग्री चीनबाट ल्याउने यसअघि नै निर्णय गरेको थियो ।