एजेन्सी-  अमेरिकाको इलिनोयमा मुख्यालय रहेको एउटा ल्याब कम्पनीले ५ मिनेटमा कोरोना भाइरस पत्ता लगाउने प्रविधि विकाश गरेको छ । यो प्रविधिलाई शुक्रबार स्वीकृति प्रदान गरिएको छ ।


ADVERTISEMENT


एबोट नामको ल्याबले ५ मिनेटभित्र कोरोना पत्ता लगाउन सक्ने प्रविधिलाई स्वीकृति प्राप्त भएको जनाएको छ । उक्त कम्पनीले आगामी सातादेखि स्वास्थ्य सेवा प्रदायकका लागि यो सेवा उपलब्ध गराउने जनाएको छ ।


ADVERTISEMENT

# # #


इलिनोयको लेक बल्फको कम्पनी एबोटले हरेक दिन ५० हजारको टेस्ट गर्नसक्ने गरी उत्पादन गर्ने जनाएको छ । एफडीएले यो प्रविधिलाई आपतकालिन रुपमा स्वीकृति प्रदान गरिएको हो ।