काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद प्रकाशमान सिंहले कोरोना भाइरस अर्थात् कोभिड–१९ ले विश्वव्यापी महामारीको रुप लिइसकेको वर्तमान परिस्थितिमा हामी सम्पूर्ण नेपालीहरु उच्च जोखिममा रहेको बताएका छन् ।


ADVERTISEMENT


एक विज्ञप्ती जारी गर्दै नेता सिंहले कठिन चुनौती सामनाका लागि सबैखाले साथ र सहयोग गर्न सदैव तत्पर रहेको बताएका छन ।


ADVERTISEMENT

# # #


विज्ञप्तीमा भनिएको छ, ‘ यो कठिन चुनौती सामनाका लागि सबैखाले साथ र सहयोग गर्न म र मेरो पार्टी नेपाली काँग्रेस सदैव तत्पर रहेको यस सन्दर्भमा स्पष्ट पार्दछु ।’

उनले यस समयमा प्रदेश सरकारहरु, स्थानीय सरकारहरु, पार्टीका आम कार्यकर्ता पंक्तिलाई पनि जनताको सेवामा लाग्न अनुरोध गरेका छन । विपन्न वर्गलाई तत्काल राहत प्याकेज ल्याउन नेता सिंह नेपाल सरकारसँग माग गरेका छन् ।

नेता सिंहले सर्वसाधारणको लागि दैनिक उपभोग्य बस्तुहरुको अभाव हुन नदिन औषधि उपकरणहरुको पर्याप्त व्यवस्था, उपचारमा संलग्न चिकित्सक तथा सम्पूर्ण टिमको लागि अत्यावश्यक सुरक्षा उपकरण र उनीहरुको हौसला बढाउने खालका निर्णय लिन पनि सरकारसँग माग गरेका छन् ।

‘स्वदेश तथा विदेशमा बस्नेहरुलाइ कुनै समस्या आइपरेमा मलाई र मेरो सचिवालयका निम्न लिखित साथीहरूलाई सम्पर्क गर्न सक्नु हुनेछ’ विज्ञप्तीमा भनिएको छ ।

काठमाडौं क्षेत्र नं. १ को लागि सम्पर्क गर्ने व्यक्ति र नम्बरहरु

प्रकाशमान सिंह– ९८५१०२३७६४

दिपेन्द्र श्रेष्ठ– ९८५१००५१७२५ ( प्रदेश सांसद)

राजेन्द्र गुरुङ– ९८५१०८४५४२ ( प्रदेश सांसद)

सुरज लामिछाने– ९८५१०३६१३६ ( प्रदेश सभा सदस्य उमेदवार)

प्रकाश राणा– ९८५१०३८००८ (क्षेत्रिय सभापति)

हिरालाल तण्डुकार– ९८५१२७९९११ (वडा नं. ११ को अध्यक्ष)

रामकुमार केसी– ९८५१२७९९१०र९८५१०२५६८९ (वडा नं १० को अध्यक्ष)

कुश ढकाल– ९८५१२७९९२९र९८४१३८९२७८ (वडा नं २९ को अध्यक्ष)

प्रल्हाद कार्की– ९८४१४११९१२ (प्रदेश अध्यक्ष क)

रामकृष्ण थापा– ९८४१३६८१३४ (प्रदेश अध्यक्ष ख)

उज्ज्वल कोइराला–९८४१४०५०१७ (इकाई सभापति वडा नं ३१)

रबिराज श्रेष्ठ– ९८५१०१८१३८ (इकाई सभापति वडा नं ११)

देशभर तथा विदेशबाट सम्पर्क गर्नका लागि प्रकाशमान सिंह– ९८५१०२३७६४

श्रीराम लामिछाने– ९८५१००८८५७ र युपि लामिछाने– ९८५१०८३४४०