नयाँ दिल्ली – भारतको पुनेस्थित प्रयोगशालाले भारतमा पहिलो कोरोना परीक्षण किट बनाइएको छ । भारतले कोरोना भाइरसको परीक्षण कम गरेको भन्दै आलोचना भइरहेका बेला भारतमै पहिलो टेस्ट किट बनाइएको हो । भारतले हालसम्म एक मिलियनमा ६।८ जनामा कोरोना परीक्षण गरिरहेको बताइएको छ । जुन अन्य देशको तुलनामा निकै कम परीक्षण हो ।


ADVERTISEMENT


माइल्याब अनुसन्धान र विकास प्रमुख मिनाल ढाखाभे भोस्लेले कोरोना भाइरस टेस्ट किट’ पाथे डिटेक्ट’ छ हप्तामा विकास गरिएको बीबीसीले जनाएको इकोनोमिक्स टाइम्सले उल्लेख गरेको छ ।


ADVERTISEMENT

# # #


यो भारतमै बनाइएको टेस्ट किटले मुलुकको आवश्यकतालाई पूर्ती गर्ने अपेक्षा गरिएको छ । एक गर्भवती भाइरोलोजिस्टले यो किट विकासमा भारतलाई सफलता दिएकी हुन् । बच्‍चा जन्‍माउनुभन्दा केही घण्टाअघि उनले किट विकासमा सफलता मिलेको भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन् । उनले उक्त किट मार्च १८ मा नेशनल इन्स्टिच्युट अफ भाइरोलोजीलाई हस्तान्तरण गरेकी छन् ।

माइल्याबले उत्पादन गरेको एक टेस्ट किटले सय नमुना परीक्षण गर्न सकिने र एउटा किटलाई १२ सय भारतीय रुपैयाँ पर्ने भएको छ । भारतले बाहिरको टेस्ट किट आयात गर्दा ४५ सय भारतीय रुपैयाँ पर्ने गरेको थियो ।