काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड – १९) को संक्रमण फैलिन नलिन घोषणा गरेको लकडाउन अवधि थप एक हप्ताका लागि थप गरेको छ । मन्त्रिपरिषद्को भर्खर सकिएको बैठकले २५ गते १२ बजेसम्म लकडाउन कायम राख्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सूचना र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका छन् ।


ADVERTISEMENT


गत १० चैतमा दोस्रो व्यक्तिमा संक्रमण देखिए लगत्तै उच्चस्तरीय समन्वय समितिले मंगलबार बिहान ६ बजेबाट लागू हुने गरी एक साता लामो लकडाउन घोषणा गरेको थियो ।


ADVERTISEMENT

# # #


यसअघि कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउनको अवधि थप गर्नुपर्ने निर्णय गरेको थियो । सो निर्णयलाई मन्त्रीपरिषदको बैठकले अनुमोदन गरेको हो ।

मन्त्रिपरिषद्ले अन्तराष्ट्रिय सीमा नाकाबाट यात्रु आवागमनमा लगाएको रोक समेत चैत २५ गते राति १२ बजेसम्म कायमै राख्ने निर्णय गरेको छ ।