काठमाडौँ — सरकारले सरकारी स्वामित्वको कम्पनीबाट बिक्री गर्ने खाद्यान्नमा १० प्रतिशत छूट दिने निर्णय गरेको छ ।


ADVERTISEMENT


मन्त्रिपरिषद्का निर्णय आइतबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थमन्त्री युवराज खतिवडाले खाद्यान्नमा हाल कायम भएको मुल्यमा १० प्रतिशत छूट दिने निर्णय गरिएको जानकारी दिए।


ADVERTISEMENT

# # #


साल्टले नुन र चिनी बिक्री गर्दै आएको छ। खाद्य व्यवस्था कम्पनीले चामल, सिमी बिक्री गर्दै आएको छ। आपूर्तिका सन्दर्भमा आपूर्तिकर्ता र बिक्रेतालाई मास्क र ग्लोब्स अनिवार्य लगाएर बिक्री गराउने निर्णय गरिएको  छ।