मस्को – रुसको राजधानी मस्कोमा आजदेखि लागु हुनेगरी सहरव्यापी क्‍वारेन्टाइन लागु गरिएको छ । मस्कोका मेषर सर्गेइ सोबयानिनले एक विज्ञप्ति जारी गर्दै मार्च ३० देखि लागु हुनेगरी अर्को सूचना जारी नभएसम्मका लागि आजदेखि सम्पूर्ण नागरिकका लागि सहरव्यापी क्‍वारेन्टाइन लागु गरिएको छ ।


ADVERTISEMENT


‘केहीले यो सूचना थाहा पाएनन् भनेपनि क्‍वारेन्टाइन लागु भएदेखि सहरका गतिविधि दुई- तिहाइ कम हुनेछन् । जुन एकदम रामो हो’ मेयर सोबयानिनले भने ।


ADVERTISEMENT

# # #


सहरबासीलाई अत्यावश्यक चिकित्सा सहयोग, नजिकैको ग्रोसेरि र फार्मेसी जानुपर्ने भएमाबाहेक घरबाहिर निस्किन प्रतिबन्ध लगाइएको छ । त्यसैगरी आफ्नो पाल्तुलाई घुमाउन १०० मिटरको दूरीभन्दा टाढा लैजानसमेत प्रतिबन्ध लगाइएको छ । अत्यावश्यक कामका लागि भने क्‍वारेन्टाइनको नियम लागु नहुने मेयरले बताएका छन् ।