हेटौँडा – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशवासीलाई सम्बोधन गर्ने भएका छन् ।


ADVERTISEMENT


कोरोना भाइरसका कारण सिर्जित समस्या, नियन्त्रण र उपचारका सम्बन्धमा प्रदेश सरकारबाट भइरहेको गतिविधि तथा लकडाउनका समयमा नागरिकले गर्नुपर्ने भूमिका विषयमा आज प्रदेशवासीलाई सम्बोधन गर्न लागेका हुन् ।


ADVERTISEMENT

# # #


नेपाल टेलिभिजनलगायत १० वटा टेलिभिजन च्यानलमार्फत साँझ ५ बजे उले सम्बोधन गर्ने मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए