काठमाडौँ – एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकलाई दराज अनलाईनमा रहेको बिगमार्टबाट उपलब्ध हुने दैनिक खाद्यान खरिद गर्दा १० प्रतिशत वा अधिकतम रू ५०० सम्म छुट मिल्ने भएको छ ।


ADVERTISEMENT


विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा विद्युतीय खरिदलाई प्रोत्साहन गर्नका लागि बैँकले उक्त योजना ल्याएको हो ।


ADVERTISEMENT

# # #


यो योजनामा सहभागी हुन चाहने एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकहरूले आज (मंगलबार) देखि चैत्र २६ गतेसम्म daraz.com.np मा गई बिगमार्टका सामानहरू अनलाइन खरिद गर्नुपर्ने हुन्छ ।

बैंकले आफ्ना आदरणीय ग्राहक पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ हरु स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको छ । साथै ग्राहकलाई विद्युतीय माध्यमबाट बैंकिङ्ग आवश्यकताहरु पूरा गर्न लागी परेको छ । हालसम्म बैंकले २५ वटा भन्दा बढी शाखाहरुमार्फत दैनिक निश्चित समयको लागि सेवा सुचारु गरेको छ ।

यस्तै ‘कोरोनासँगको लडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क रुपमा मोबाइल तथा ईन्टरनेट बैंकिङ्गमर्फत दिलाइरहेको छ ।

बैँकका ग्राहकले मोबाइल बैंकिङ्ग र डेबिट कार्ड प्रयोग गरी २,२०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, लगायतमा अधिकतम ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्ड वाहकले एन आई सी एशिया बैंकका ४५० भन्दा धेरै एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्ड वाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था छ ।