काठमाडौं -जर्मनीमा सोसल डिस्टेन्सिङु को प्रावधान अप्रिल १९ सम्म लागु हुने गरी बढाइएको छ ।


ADVERTISEMENT


जर्मन चान्सलर एन्जेल मर्केलले बुधबार जर्मनको संघीय सरकार र जर्मनीको १६ वटा राज्यहरुबीच कोरोना भाइरसको संक्रमण फैलिन नदिन अप्रित १९ सम्म सोसल डिस्टेन्सिङको प्रावधान लागु हुने समयसीमा बढाउने सहमति भएको बताएकी छन् ।


ADVERTISEMENT

# # #


उनले भनिन्, ‘हामीले स्थितिको मूल्यांकन गर्‍यौं र सोसल डिस्टेन्सिङलगायतका प्रतिबन्धका प्रावधानहरु अप्रिल १९ सम्म लागु हुने गरी बढाएका छौं ।’

यो समय भनेको इस्टरभन्दा पछिसम्म रहनेछ । उनले भनिन्, ‘महामारीले पर्व, बिदा चिन्दैन । म नागरिकलाई आग्रह गर्न चाहन्छु कि मानिसहरुबीचको भौतिक सम्पर्कलाई घटाउन आग्रह गर्छु । इस्टर होलिडेमा समेत यही नियम लागु हुन्छ ।’

उनले इस्टरपछिको मंगलबार पुन: मूल्यांकन गरिने बताएकी छन् ।