काठमाडौँ — लकडाउनका कारण नेपालमा अलपत्र परेका अस्ट्रेलियाली र न्यूजील्यान्‍डका पर्यटक तथा पिआरबाहक नेपालीलाई लिएर नेपाल वायुसेवा निगमको वाइडबडी विमान बधुबार साँझ ६ बजे अस्ट्रेलियाको ब्रिसबेनतर्फ उडेको छ ।


ADVERTISEMENT


टिकट बिक्री गर्ने जिम्मा पाएको बोन ट्राभलका सञ्‍चालक रमेश पौडेलका अनुसार जहाजमा २ सय ५० यात्रु छन् । वाइडबडीमा न्युजिल्यान्डका २३ जना छन् भने बाँकी सबै अस्ट्रेलिया जाने यात्रु छन्। ‘झापादेखि भैरहवासम्मका नेपाली पिआरवाल र लकडाउनका कारण अलपत्र परेका अस्ट्रेलियालीसहित २ सय ५० जना यात्रु उडेका छन्’ पौडेलले भने।


ADVERTISEMENT

# # #


सरकारले लकडाउनमा व्यावसायिक उडानलाई रोकेको छ। तर, कूटनैतिक नियोगलगायतका उद्धार उडान र मानवीय सहायताका उडानलाई भने खुला गरेको छ।