एजेन्सी- कोभिड १९ को संक्रमणसँगै अस्तव्यस्त बनेको घरेलु क्रिकेटलाई उठाउन ईङल्याण्ड क्रिकेट बोर्ड ईसीबीले ६१ मिलियन पाउण्डको राहात प्याकेज घोषणा गरेको छ । घरेलु क्रिकेटले ईतिहासकै सबैभन्दा ठुलो संकट झेलिरहेको भन्दै नियामक निकाय ईसीबीले ठुलो रकमको राहत प्याकेज घोषणा गरेको हो ।


ADVERTISEMENT


उसले घोषणा गरेको रकममध्ये ४० मिलियन पाउण्ड तत्काल निकासा गर्ने बोर्डले जनाएको छ । बाँकी २१ मिलियन रकम ब्याज मिनाह तथा क्लवको स्तर कायम राख्न खर्च गरिने छ । बोर्डका सिईओ टम ह्यारीसनले संकटको घडीमा क्रिकेटलाई जोगाउन बोर्डले राहतको घोषणा गरेको उल्लेख बताए ।


ADVERTISEMENT

# # #