एजेन्सी- कोरोना महामारीका कारण विश्वभर २ करोड ५० लाख रोजगारी गुम्नसक्ने संयुक्त राष्ट्रसंघले जनाएको छ ।


ADVERTISEMENT


महामारीले पार्ने सामाजिक आर्थिक प्रभावसम्बन्धमा एक प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रसंघले विश्वमे प्रत्यक्ष बैदेशिक लगानीमा ४० प्रतिशतले कमी आउने जनाएको छ ।


ADVERTISEMENT

# # #


राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले कोरोना भाइरस महामारी दोश्रो विश्वयुद्ध पछिकै सबैभन्दा ठुलो चुनौतीका रुपमा देखापरेको बताउनुभएको छ । यसले विश्वमै आर्थिक मन्दी छाउनसक्ने उहाँको भनाई छ ।

डढेलो जस्तै फैलिएको महामारीको संक्रमणविरुद्धको लडाईमा औद्योगिक राष्ट्रहरुले अति कम विकसित र कम क्षमता भएका मुलुकलाई सहयोग गर्नुपर्ने पनि महासचिव गुटरेजले बताउनुभयो ।