वीरगञ्ज- डेढ साता लामो लकडाउनका कारण वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा २ हजार ३ मालबाहक कन्टेनर थन्किएका छन् । तेश्रो मुलुकबाट भारतका बिभिन्न बन्दरगाह हुदै आएका कन्टेनरहरु गन्तव्यसम्म लग्न ढिलाई हुँदा वन्दरगाहमा राखिएको बन्दरगाहस्थित भन्सार कार्यालय प्रमुख उमेश श्रेष्ठले बताउनुभयो ।


ADVERTISEMENT


लक डाउनको कारण भन्सारको कारोबार प्रभावित भएपछि राजश्व संकलनमा पनि नकारात्मक असर परिरहेको छ । हाल वीरगञ्ज भन्सारले दैनिक २ देखि ३ करोड रुपैयाँ मात्र राजश्व संकलन गरी रहेको श्रेष्ठले बताउनुभयो । सामान्य अवस्थामा सो भन्सार कार्यालयबाट दैनिक ९ देखि १० करोड रुपैयाँ राजश्व संकलन हुने गरेको थियो ।


ADVERTISEMENT

# # #


छोटो दुरीका कन्टेनर ढुवानी भए पनि लामो दुरी गन्तव्य रहेका कन्टेनर ढुवानी हुन सकेका छैनन् । सो वन्दरगाहबाट दैनिक १ सय ५० देखि २ सयको संख्यामा मात्र कन्टेनर बाहिरिने गरेका छन् ।