काठमाडौँ– महिलाहरुको महान पर्व हरितालिका तीज आज देशभर मनाइँदैछ । मनोकांक्षा पूरा हुने विश्वासका साथ शिवजीको नाममा व्रत बस्ने गरिएको यो पर्वमा बिबाहित नारीले पतिको दिर्घायूको कामना र अविवाहितले चिताए अनसारको पति पाउँ भनि व्रत बस्ने परम्परा रहेको छ ।


ADVERTISEMENT


पशुतिनाथ मन्दिरमा पनि वर्षेनी तीजका बेला व्रत बसेका नारीहरुले दर्शन गर्ने गर्दछन् । यस वर्ष पनि लाखौँ नारीले पशुपति नाथको दर्शन गरेका छन् ।


ADVERTISEMENT

# # #


पशुपतिको दर्शनका लागि तीनवटा लाइनको व्यवस्था गरिएको थियो । पहिलो लाम बनकाली–पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट, दोस्रो लाम जयवागेश्वरी–भुवनेश्वरी मन्दिर हुँदै पश्चिम मूलढोकाबाट र तेस्रो लाम गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको उनले बताए।