एजेन्सी- चीनले कोरोना भाइरसको प्रकोपबाट मृत्यु भएकोहरुको सम्मानमा आज राष्ट्रिय शोक मनाउँदै छ ।


ADVERTISEMENT


मृतकको सम्झनामा आज विश्वभर चिनियाँ दुतावासमा झण्डा झुकाइने छ भने सार्वजनिक र औपचारिक कार्यक्रम समेत नगर्ने बताइएको छ ।कोरोनाका कारण मृत्यु हुनेहरुलाई शहिदको रुपमा चित्रण गर्न शोक दिवस मनाउन लागिएको चीनको राज्य परिषदले जनाएको छ ।


ADVERTISEMENT

# # #


स्थानीय समयअनुसार बिहान दश बजे तीन मिनेट मौनधारण गर्नुका साथै साइरन र घण्टीहरु बजाइने समाचारमा जनाइएको छ ।

चीनमा हालसम्म तीन हजार तीन सय मानिसको मृत्यु भएको छ । यसैबीच आज चीनमा क्विमिङ फेस्टिवलअन्र्तगत आफ्ना पुर्खा वा मृतक आफन्तहरुको स्मरण गर्ने गरिन्छ ।