अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले कोरोना भाइरसका कारण अत्यन्तै समस्या परेका अन्तर्राष्ट्रिय विद्यार्थी तथा पर्यटकले आफ्नो देश फर्कन सक्ने बताउनु भएको छ । शुक्रबार क्यानबेरामा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मरिसनले विद्यार्थी भिषाका साथै अन्य भिषामा रहेका विभिन्न देशका नागरिकले आफ्नो देश फर्किएको खण्डमा आफूले चाहेको सहयोग पाउने बताउनुभयो ।


ADVERTISEMENT


आफू अहिलेको अवस्थामा आफ्ना देशका नागरिक तथा स्थायी बासिन्दामा केन्द्रित रहेको बताउँदै ती भिषामा रहेका नागरिकलाई अनिवार्य रुपमा यहाँ बस्न नभनिएको समेत उहाँले बताउनुभयो । अन्तर्राष्ट्रिय विद्यार्थीलाई सहयोग गर्न सरकारले के गरिरहेको भन्ने प्रश्नको जवाफमा उहाँले विद्यार्थी अध्ययनका क्रममा नै कम्तिमा एक वर्षसम्म आफू आर्थिक रुपले सबल भएको प्रमाण भएपछि मात्र आउन पाउने आधारभूत शर्त भएको बताउनुभयो ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री मरिसनले विद्यार्थीले यहाँ आउनुअघि गरेको प्रतिबद्धता अनुसारको अपेक्षा राख्नु गलत नभएको भन्दै यसबारेमा अध्यागमन मन्त्रीले जवाफ दिनसक्ने बताउनुभयो । यद्यपि, उहाँले अन्तर्राष्ट्रिय विद्यार्थीहरुका बारेमा केन्द्रीय सरकारले कस्तो योजना बनाइरहेको छ भन्ने बारेमा सम्बन्धित मन्त्रीले जानकारी दिने उहाँले बताउनुभयो ।

अष्ट्रेलियामा अहिले करीब ७ लाख अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनरत रहेको तथ्यांक छ ।