काठमाडौं – नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले महामारीको बेला पनि सरकार जनतालाई अत्यावश्यकीय सेवा प्रदान गर्ने मामिलामा गम्भीर नभएको आरोप लगाएका छन् ।


ADVERTISEMENT


कोरोना संक्रमण फैलन नदिन बन्दाबन्दी गरेको सरकारले परीक्षणको दायरा बढाउन नसक्नु, खाद्यान्न लगायतका अत्यावश्यकीय वस्तुको पर्याप्त व्यवस्था, निर्वाध स्वास्थ्य सेवा उपलब्ध नगराउँदा जनताप्रति उत्तरदायी नदेखिएको उनको भनाई छ ।


ADVERTISEMENT

# # #


पूर्वपरराष्ट्रमन्त्री समेत रहेका महतले महामारीका बेलामा सूचना प्रवाहलाई चुस्त दुरुस्त राख्नु पर्ने बेलामा भ्रष्टाचार लुकाउनका लागि अन्य सूचना समेत नदिएर जनतालाई भ्रममा पार्नु दुखद भएको बताए । प्रतिपक्षी दलको कुरालाई पनि मनन गरेर सरकारले अघि बढ्नुपर्नेमा उनको जोड थियो ।