काठमाण्डौ – कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमण दुई सय आठ देशमा फैलिएको छ । दक्षिणी सुडान र सेन्ट पियरे मिकेलनमा एक–एक जनामा कोरोना पुष्टि भएपछि कोभिड १९ को सङ्क्रमण फैलिएको देशको सङ्ख्या दुई सय आठ पुगेको हो ।


ADVERTISEMENT


यस्तै दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा पनि कोरोना भाइरस फैलिँदा सङ्क्रमित हुनेको सङ्ख्या साढे १२ लाख नाघेको छ । अहिलेसम्म १२ लाख ७३ हजार सात सय ११जनामा कोरोना पुष्टि भएकोमा दुई लाख ६२हजार चार सय ८६ जना उपचारपछि निको भएका छन् । ६९ हजार चार सय ५६ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।


ADVERTISEMENT

# # #


सङ्क्रमितमध्ये ९ लाख ४१ हजार ४६ जनाको भने उपचार भइरहेको छ । गएको २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा एक हजार जनाभन्दा धेरैको ज्यान गएको छ । अमेरिकामा मात्रै अहिलेसम्म कोरोनाका कारण साढे ९ हजारभन्दा धेरैको ज्यान गएको छ । ३ लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै इटलीमा साढे १५ हजारभन्दा धेरै, स्पेनमा साढे १२ हजारभन्दा धेरै, फ्रान्समा आठ हजारभन्दा धेरैको ज्यान गएको छ । यसैगरी भारतमा आइतबार थप १८ जनाको ज्यान गएको छ । भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय १७ पुगेको छ भने सात सय जना नयाँ बिरामी थपिएपछि सङ्क्रमितको सङ्ख्या ४ हजार नाघेको छ ।

विभिन्न देशमा गएको २४ घण्टामा मात्रै चार हजार सात सय १५ जनाको ज्यान गएको छ ।