एजेन्सी – भारतीय क्रिकेट टोलीका स्टार क्रिकेटर युवराज सिंहले कोरोना भाइरसबिरुद्धको लडाईमा ५० लाख भारतीय रुपैया सहयोगको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत सो सहयोगको घोषणा गरेका हुन् । भारत सरकारले घोषणा गरेको प्रधानमन्त्री राहात कोषमा सो सहयोग उपलब्ध गराउने उनले उल्लेख गरेका छन् ।


ADVERTISEMENT


युबराजले प्रतिकुल परिस्थितीमा माहामारीबिरुद्ध सबै एक जुट हुन आवश्यक रहेको बताउदै सहयोग गर्न अपिल समेत गरेका छन् ।
युवराजले भनेका छन– ‘म व्यक्तिगत रुपमा प्रधानमन्त्री राहात कोषमा ५० लाख रुपैयाँ सहयोगको घोषणा गर्छु । तपाईंहरु पनि आफ्नोतर्फबाट सक्दो योगदान गर्नुहोस ।


ADVERTISEMENT

# # #


कोरोना सक्रमणका कारण भारतमा ४ हजार भन्दा बढि सक्रमित बन्दा १ सय १७ भन्दा बढिले ज्यान गुमाईसकेका छन् । प्रधानमन्त्री राहात कोष भारतीय खेलाडी तथा कलाकारहरुले सहयोग गर्ने क्रम होड जस्तै बनेको छ ।