काठमाडौँ । अहिले विश्व नै कोराना भाइरसले आक्रान्त बनेको छ । न धनी, न गरिब, न ठूलो न सानो कसैलाई यस ज्यानमारा भाइरसले बाँकी राखेको छैन । यसको प्रकोप नेपालमा पनि आइपरेको छ । हालसम्म नेपालमा ९ जना कोरोना भाइरसको संङ्क्रमित भेटिएका छन् । सरकारले कोरोनाबाट बच्न पुरै नेपाललाई ११ गते देखि लकडाउन गरेको छ । यसैक्रममा राष्ट्रिय युवासंघ नेपालका सह सम्योजक रमेश पौडेलले व्यक्तिगत पहलमा राहत बितरण गरेका छन् ।


ADVERTISEMENT


पौडेलले दिक्षा चापागाईले सञ्चालन गरेको पवित्र समाज सेवा आश्रममा सोमबार ५० हजार भन्दा बढिको खाद्यान्न सहयोग गरेका छन् । उक्त आश्रममा ६० जना भन्दा असहाय बालबालिका, बृद्धहरु छन् । आश्रममा १२ दिनको शिशुलाई पनि आश्रय दिइएको छ, उनकी आमा मानसिक सन्तुलन गुमाएर हाल अस्पतालमा उपचारत छिन् ।


ADVERTISEMENT

# # #