अर्घाखाँची – अर्घाखाँचीबाट कोरोना सङ्क्रमणको आशङ्कामा स्वाब परीक्षणका लागि पठाइका आठ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।


ADVERTISEMENT


कोरोना सङ्क्रमितसँगै विमानमा आएका तथा उनीहरुसँग सम्पर्कमा आएका गरी अहिलेसम्म आठ जनालाई कोरोना परीक्षण गर्न भैरहवा पठाइएको थियो । परीक्षणका लागि पठाइएका सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डा कपिल गौतमले बताए ।


ADVERTISEMENT

# # #


कोरोना भाइरस सङ्क्रमण हुनसक्ने आशङ्कामा सन्धिखर्कको आइसोलेसनमा राखिएका तीन जना घर फर्किएका छन् । १४ दिनसम्म राख्दा कोरोनासँग मिल्दाजुल्दा कुनै लक्षण नदेखिएपछि उनीहरुलाई घर पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेले बताए ।

जिल्लाभर ३४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । रासस