काठमाण्डौ – बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई आईसीयू बाट बाहिर सारिएको छ ।


ADVERTISEMENT


उनको स्वास्थ्यमा केही सुधार भएपछि आईसीयूबाट जनरल वार्डमा सारिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनी अझै केही दिन चिकित्सकको निगरानीमा अस्पतालमै रहने प्रधानमन्त्रीको आधिकारिक निवास तथा प्रधान कार्यालय ‘डाउनिङ स्ट्रीट’ले जनाएको छ ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीका एक प्रवक्ताले भने, ‘प्रधानमन्त्रीलाई स्थानीय समय अनुसार बिहीबार साँझ आईसीयूबाट जनरल वार्डमा सारिएको छ, जहाँ उनले डाक्टरको रेखदेखमा स्वास्थ्य लाभ गर्नुहुनेछ ।’

कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण देखिएपछि दुई दिनअघि प्रधानमन्त्री जोनसोनलाई अस्पताल भर्ना गरिएको थियो ।