रुपन्देही – प्रदेश ५ मा आजदेखि र्‍यापिड डायग्नोस्टिक टेस्ट आरडीटी बाट कोरोना परीक्षण हुने भएको छ । प्रदेश ५ का १२ जिल्लामा रहेका क्वरेण्टीनमा बसेकाहरुको आजदेखि आरडीटीबाट कोरोना परीक्षण हुने भएको हो ।


ADVERTISEMENT


सामाजिक विकास मन्त्रालयका अनुसार दुई हप्तादेखि क्वरेण्टीनमा बसेकोहरुको आरडीटीबाट कोरोना परीक्षण गर्न लागिएको हो । परीक्षणको रिर्पोट नेगेटिभ आए घर पठाइने छ भने पोजेटिभ आए स्वाब परीक्षणका लागि नमुना सङ्कलन गरिने सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए ।
सङ्घीय सरकारले पठाएको पाँच हजार किट प्रदेश ५ आइपुगेको छ । परीक्षणका लागि दुई-दुई जिल्ला हेर्ने गरी ६ वटा स्वास्थ्यकर्मीहरुको टोली खटाइएको छ । प्रदेश पाँचमा रहेका तीन सय आठ क्वरेण्टीनमा कोरोनाको आशङ्कामा दुई हजार पाँच सय ७२ जना रहेका छन् ।


ADVERTISEMENT

# # #


प्रदेशभित्र एक सय ८८ जनाको स्वाब परीक्षण गरिएकोमा एक सय ३२ जनाको रिर्पोट नेगेटिभ आएको छ भने ५६ जनाको रिर्पोट आउन बाँकी छ ।