काठमाडौं – ललितपुरमा गरिने सबैभन्दा लामो रथयात्रा रातो मच्छिन्द्रनाथको जात्रा स्थगित भएको छ । शुक्रबारदेखि सुरु हुने रथ निर्माणको काम स्थगित गरिएको गुठी संस्थान र ज्यापु समाज यलले जानकारी दिएको छ ।


ADVERTISEMENT


बिहीबार विधिपूर्वक मच्छिन्द्रनाथलाई स्नान गराएर शुक्रबारदेखि रथ निर्माणको काम गर्नुपर्ने थियो । तर कोरोना भाइरस ९कोभिड–१९० को महामारीका कारण सिर्जना भएको विषम परिस्थितिका कारण रथको जग राख्ने र निर्माण कार्य स्थगित भएको हो ।


ADVERTISEMENT

# # #