एजेन्सी-  विश्वका अधिकांश मुलुकमा डकडाउन जारी रहेकाले मागमा आएको कमीसंगै तेल उत्पादक मुलुकहरुले उत्पादनमा कटौती गर्ने भएका छन् ।


ADVERTISEMENT


मागसंगै मूल्यमा पनि ठूलो गिरावट आएपछि तेल उत्पादक मुलुकहरुको संगठन ओपेक र अन्य मुलुकले हाल भइरहेको उत्पादनमा ५ भागको एक भाग कटौती गर्ने सहमति गरेका हुन् । भिडियो कन्फरेन्समा आगामी मे र जुनमा १ कच्चा तेलको उत्पादन करोड व्यारेलले कटौती गर्ने सहमति भएको ओपेकले जनाएको छ ।


ADVERTISEMENT

# # #


यो विश्वभर हुने आपूर्तीको १० प्रतिशत हो । ओपेकमा आवद्ध नभएका साना उत्पादक मुलुकले ५० लाख व्यारेल कटौती गर्ने अनुमान गरिएको छ । यसले इन्धनको मुल्य सन्तुुलित बनाउन मद्धत गर्नेछ । अप्रिलबाट भने उत्पादन क्रमशस् बढाउदै लैजाने योजना रहेको तेल उत्पादक मुलुकले बताएका छन् ।