बॉके- बॉके र बर्दियामा फैलिएको फौजी किराले मकै वाली सखाप पार्न थालेको छ । फौजी किरा नियंत्रण गर्ने विषादी नपाउ‘दा मर्कामा परेको कृषकले गुनासो गरेका छन् । बर्दियाको बढैयाताल गाउ‘पालिका, बारबर्दिया, गुलरिया, मधुवन, ठाकुरबाबा लगायत नगरपालिकामा मकै वालीमा फौजी किरा फैलिएको छ ।


ADVERTISEMENT


कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालले बॉके र बर्दियामा फैलिएको फौजी किराले करिब ८० प्रतिशत मकै वाली प्रभावित भएको बताउनुभयो । बॉकेमा २ हजार ४ सय ५० हेक्टर क्षेत्रफलमा कृषकले मकै वाली लगाएका छन् ।


ADVERTISEMENT

# # #