काठमाडौँ – विश्वभरी फैलिएको कोरोना भाईरसले त्रास सिर्जना भैइरहेको अवस्थामा गिरिजा प्रसाद कोईराला फाउण्डेशन, पर्साले राहत वितरण गरेको छ ।


ADVERTISEMENT


फाउन्डेसनले लकडाउनका कारण मर्कामा परेका विपन्न तथा दैनिक ज्यालादारी गरी खाने वीरगञ्ज महानगरपालिकाको वडा नं १ र ३ का विपन्न परिवारलाई राहतस्वरुप खाद्यान्ह वितरण गरेको हो । वडा नं १ र ३ का ६०० विपन्न परिवारलाई उनीहरुलाई दैनिक उपभोग्य वस्तु चामल ७ केजी,आलु ३ केजी, दाल १ केजी, नुन १ केजी, तेल ५०० ग्राम, गहुको पिठो २ केजी लगायतको समाग्री उपलब्ध गराएको फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले बताएका छन् ।


ADVERTISEMENT

# # #


राहत वितरणमा फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिन, कोषाध्यक्ष मनोहर साह, सदस्य जितेन्द्र सिंह, धिरज गुप्ता, नगर ईकाइ समिति ३ का अध्यक्ष संदिप केवट, सुल्तान अंसारी, राजु गुप्ता, नेपाल लाईभ इन्सोरेन्सका रोशन कर्ण, नरेन्द्र चौधरी,औरंगजेब अंसारी लगायतको सहभागिता रहेको थियो ।

अध्यक्ष कोईरालाद्वारा प्रशंसा

फाउन्डेसनकी केन्द्रीय अध्यक्ष सुजाता कोईरालाले लक डाउनका बेला फाउन्डेसनका तर्फबाट विभिन्न ठाउँहरूमा विपन्न तथा दैनिक ज्यालादारी गर्ने जनताहरूलाई राहत वितरण गरिएको प्रति प्रशंसा गरेकी छन् ।

फाउन्डेसनले विपदका समय जनताहरूको समस्याको साथी बनिरहेको भन्दै अध्यक्ष कोईरालाले सबैमा धन्यवाद व्यक्त गरेकी छन् । उनले आगामी दिनमा समेत फाउन्डेसन जनताकै समस्याहरूको सारथी बन्ने विश्वास समेत व्यक्त गरेकी छन् ।