दाङ – कोभिड–१९ बारे दाङमा सामाजिक सञ्जालमा अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


दाङमा पनि एकजना कोरोना सङ्क्रमित भेटिएको भनेर आज फेसबुकमा स्टाटस राखेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार दाङको घोराही उपमहानगरपालिका–१५ निवासी २८ वर्षीय दीपक न्यौपानेलाई पक्राउ गरिएको हो


ADVERTISEMENT

# # #


तरकारी बजार बन्द

भारतबाट तरकारी आयात गरेपछि दाङको तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको तरकारी बजार आज बन्द गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणलाई ध्यानमा राख्दै भारतबाट तरकारी आयात नगर्ने निर्णय विपरित तरकारी फलफूल आयात भएपछि तुलसीपुर–६ स्थित बजार सिल गरिएको तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष वीरबहादुर रावतले बताए ।

प्रत्येक दिन पाँच वटासम्म भारतीय गाडीले तरकारी ल्याउने गरेका कारण कोरोना सङ्क्रमणको जोखिम बढेकाले सिल गरेको सङ्घका अध्यक्ष रावतले बताए । यस्तै भारतीय तरकारी र फलफूल बिक्री गरेको भन्दै सापकोटा तरकारी पसल र मनोज ‘फ्रुट हाउस’का सञ्चालकलाई कारवाही गरिने भएको छ । रासस