काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल दलित विद्यार्थी सघले काठमडौंका २ वटा वाल आश्रमलाई खाद्यान्न सामग्री सहयोग गरेको छ ।
संघका केन्द्रीय अध्यक्ष राजु सुनार गहतराजले नयाँ वर्षको अवसरमा आश्रममा रहेका बालबालिकाका लागि आवश्यकीय सामग्री उपलव्ध गराइएको जनाए । उनले लकडाउनका बेला बालवालिकाहरु समेत समस्यामा पर्न सक्ने भन्दै आफ्नो तर्फबाट थोरै भएपनि सहयोग गरिएको बताए । बुढानिलकण्ठको केयर वालगृह र गोकर्णश्वर नगरपालिकामा रहेको हाम्रो सुनौलो संसार वाल आश्रम दुवैलाई पाँच पाँच वोरा चामल, दाल, चामल, चिनी, तेल, चिउरा, चाउचाउलगायतका सामग्री उपलव्ध गराइएको छ । केयर वालगृहकी अध्यक्ष पुष्पा अधिकारी र हाम्रो सुनौलो संसार वाल आश्रमकी अध्यक्ष मेनुका कोइरालाले दलित विद्यार्थी संघको सहयोगबाट वालवालिकाको पालनपोषण र रेखदेखमा सहयोग पुग्ने बताए ।


ADVERTISEMENT



अध्यक्ष सुनारले लकडाउनका बेला सबै क्षेत्रमा नागरिकहरु समस्यामा परेका हुनाले दैनिक जनजीवन सहज बनाउन यस्तै प्रकारका अन्य सहयोग पनि गर्ने बताएका छन् ।


ADVERTISEMENT

# # #