सिन्धुपाल्चोक — कोरोना भाइरस (कोभिड १९) संक्रमण बढ्दै गएको बेला चीन जोड्ने उत्तरी नाका तातोपानी खोलिएपछि स्थानीय आन्दोलनमा उत्रिएका छन् । अत्यावश्यक सामग्रीभन्दा अन्य सामग्री ल्याउन खोजिएको आरोप लगाउँदै स्थानीयले बुधबार सीमाक्षेत्रमा आन्दोलन गरेका हुन् ।


ADVERTISEMENT


मंगलबार मितेरी पुलमा नेपाल र चीनका प्रशासन, भन्सारदेखि अधिकारी सुरक्षाकर्मीबीच भएको छलफलले खाद्यान्न, स्वास्थ्य सामग्री आयात, २० जनालाई मात्रै सवारी पास दिने निर्णय भएको थियो।


ADVERTISEMENT

# # #


जनप्रतिनिधिलाई खबर नै नदिई गरिएको छलफलपछि संशकित बनेका स्थानीय आन्दोलनमा उत्रिएको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए। ‘कोरोना संक्रमणबीच नाकाबाट लसुन, फलफूल ल्याउने कुरा गरिएकाले स्थानीय रुष्ट छन्, प्रशासनले यसबारे गरेको निर्णयबारे हामीसँग प्रश्न सोधिरहेका छन्,’ प्रमुख पौडेलले भने।