काठमाडौं – एनसेल प्राइभेट लिमिटेडले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको सहकार्यमा सरकारलाई कोरोनाभाइरस संक्रमितहरुको पहिचानमा सहयोग पुर्याउन बुधवार देखि यूएसएसडी माध्यमबाट सर्वेक्षण शुरु गरेको छ ।


ADVERTISEMENT


यो सर्वेक्षणमा एनसेलका ग्राहक-सर्वेक्षणमा भागलिने व्यक्तिले यूएसएसडी कोड *१७१००# डायल गरी कोरोनाभाइरस रोगसँग सम्बन्धित पाँच वटा प्रश्नहरुको जवाफ आफ्नो स्वास्थ्य स्थिती अनुसार १ वा २ विकल्प छानेर दिन सक्छन् । प्रश्नहरुको उत्तर दिएपछि यो सर्वेक्षणमा भाग लिएको व्यक्तिलाई तत्काल उसको स्वास्थ्यको अवस्थालाई मिल्ने सुझाव सहित सरकारले तोकेको हेल्पलाइन नम्बरहरु र एनसेलको हटलाइन नम्बर ९८०१५७५००५ उल्लेख भएको एसएमएस प्राप्त हुने एकनसेलले जनाएको छ । हटलाइन नम्बरमा कोरोनाभाइरस सम्बन्धि चिकित्सकसँग निःशुल्क परामर्श लिन सकिन्छ ।


ADVERTISEMENT

# # #


यदि सर्वेक्षणमा भाग लिएको कोही संक्रमणमा परेको शंकाको वर्गमा देखिए तत्काल स्वास्थ्य परामर्शका लागि एसएमएस मार्फत सुझाव दिइन्छ । एनसेलका अनुसार यसरी संक्रमणको शंकामा परेकाहरुको विवरण सरकारको सीसीएमसीलाई पनि बुझाइन्छ । सर्वेक्षणमा भाग लिनु पुर्व नै यस सर्वेक्षणको उद्देश्य नेपाल सरकारलाई कोरोनाभाइरस महामारीको रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने रहेको सुचित गरिन्छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले भने, “हाम्रो पुर्वाधार र प्लेटफर्म प्रयोग गर्दै ग्राहक माझ ल्याइएको यो सर्वेक्षणले ग्राहकलाई आफुमा कोरोनाभाइरसको जोखिम भए-नभएको आफै थाहा पाउन मद्दत गर्ने र सरकारलाई यस डाटाले कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने विश्वास हामीले लिएका छौं ।”

सीसीएमसीसँग यो सर्वेक्षणको लागि गरिएको सहकार्यसँगै, एनसेल नेटवर्कभित्र रहेका हाम्रा सम्पुर्ण ग्राहकले यस सर्वेक्षणमा भाग लिई आफुमा कोरोनाभाइरस संक्रमणको जोखिम भए-नभएको थाहा पाउन सक्नेछन् । पहिला पाइलट सर्वेक्षणका रुपमा एनसेलले जनकपुरमा यो सर्वेक्षण गरी चैत्र २१ मा पुर्व तथा सूदुरपश्चिममा पनि शुरु गरेको थियो ।

यहि सर्वेक्षणका आधारमा प्रत्येक उत्तरदातालाई उसकोे स्वास्थ्य अवस्था अनुसार अपनाउन पर्ने उपयुक्त सल्लाह सहितको एसएमएस पठाइएको थियो र निःशुल्क रुपमा सरकारको हेल्पलाइन र एनसेलको हटलाइनबाट डाक्टरसँग कोरोनाभाइरस सम्बन्धि परामर्श लिन सकिनेबारे जानकारी गराइएको थियो । विपद् प्रतिकार्य अन्तर्गत एनसेलले सरकारको तथा आफ्नो हेल्पलाइनको नम्बरहरुमा निःशुल्क कल गर्न सकिने बनाइसकेको छ ।

कोरोनाभाइरस संक्रमणको रोकथामको लागि एनसेलले सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु १० करोड योगदान पनि गरिसकेको छ । यो सहयोगले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारमा उपयोग हुनेछ ।

त्यस्तै एनसेल यस विपद्को समयमा आफ्ना ग्राहकहरुलाइ सुलभ दरमा सम्पर्कमा रहिरहन मद्दत गर्न विभिन्न सेवाहरु जस्तै रिचार्जमा १२० प्रतिशत बोनस, सापटी रकमा वृद्घि, १५ जीबी डेटा प्याक, निःशुल्क ब्यालेन्स ट्रान्सफर लगायतका सेवाहरु पनि प्रदान गर्दै आएको छ ।