काठमाडौँ — सरकारले संयुक्त राष्ट्र संघीय मिसनअन्तर्गत अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ताको अनुमति दिएको छ ।बुधबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यो निर्णय गरेको हो । यूएनले नै आग्रह गरेबमोजिम यूएनमा कार्यरत अफगानिस्तानमा रहेका नेपाली नागरिक फिर्ता ल्याउने निर्णय गरिएको समितिका सदस्य सचिव एवम् प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिए । अफगानस्तानमा कार्यरत यूएनमिसनअन्तर्गतका १८ जना नेपालीले स्वदेश फर्किनका लागि यूएनसँग आग्रह गरेका थिए ।


ADVERTISEMENT


 

इराकमा रहेका केही नेपालीले पनि स्वदेश फर्किनका लागि यूएनलाई अनुरोध गरेका छन् । तर उनीहरुको हकमा भने के गर्ने भन्ने निर्णय भइसकेको छैन । उच्चस्तरीय समितिको बैठकले संक्रमणको अवस्था झन् जोखिमयुक्त भएको निष्कर्ष निकाल्दै परीक्षण, पहिचान र उपचारको प्रक्रियालाई प्रभावकारी ढंगले अघि बढाउने निर्णय पनि गरेको छ । त्यसका लागि सरकारले आवश्यक पर्ने औषधीजन्य सामग्री खरिद प्रक्रियालाई प्राथमिकताका साथ अघि बढाइएको बिडारीले बताए ।


ADVERTISEMENT

# # #