झापा- र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) परीक्षणका क्रममा झापाका एक युवकमा एन्टिबडी पोजिटिभ देखिएको छ ।
बुधबार हल्दिबारी गाउँपालिकामा गरिएको आरडीटी परीक्षणका क्रममा वडा नं. २ का २९ वर्षीय युवकमा एन्टिबडी पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए ।


ADVERTISEMENT


जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाका स्वास्थ्यकर्मीको टोलीले गाँपालिकास्थित होम क्वारेन्टाइन र क्वारेन्टाइनमा बसेकाहरुको आरडीटी परीक्षण गरेको थियो । ६१ जनाको परीक्षण गरिएकामा उक्त युवकमा आरडीटी पोजिटिभ देखिएको हो ।


ADVERTISEMENT

# # #


आरडीटी पोजिटिभ देखिनासाथ युवकका परिवारका ७ जना र उनीसँग सम्पर्कमा आएका केही साथीहरुको पनि आरडीटी परीक्षण गरिएको जिल्ला विपद् व्यवस्थापन समिति सहायता कक्षका सचिवसमेत रहेका चम्लागाईले बताए । परिवारका सदस्य र साथीहरुको आरडीटी भने नेगेटिभ देखिएको छ ।