भद्रपुर – र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) मा ‘एन्टीबडी पोजेटिभ’ देखिएका झापाको हल्दिबारीका एक व्यक्तिको प्रयोगशाला (पिसीआर) टेस्टमा नेगेटिभ रिपोर्ट आएको छ ।


ADVERTISEMENT


‘एन्टीबडी पोजेटिभ’ पाइएका हल्दिबारीका ३९ वर्षीय युवाको विराटनगरको कोशी प्रादेशिक अस्पतालमा आज पिसीआर टेस्ट गर्दा कोरोना भाइरस नभएको रिपोर्ट आएको स्वास्थ्य कार्यालय झापाका स्थानीय स्रोत व्यक्ति जीवन चौलागाईंले बताए ।


ADVERTISEMENT

# # #


बुधवार झापाको हल्दिबारीका ६१ जनाको आरडिटी गरिएको थियो । जसमध्ये गत चैत ५ गते दुबईबाट घर फर्केका एक युवाको रिपोर्टमा मात्र ‘एन्टीबडी पोजेटिभ’ देखिएको थियो । त्यसपछि ती युवासहित, उनको परिवार र छरछिमेकी २१ जनाको पिसीआर टेस्टका लागि थ्रोट स्वाबको नमूना विराटनगर पठाइएको थियो ।

झापाबाट बुधबार विराटनगर पठाइएको २१ जनाकै स्वाब नमूनाको जाँच गर्दा सबैमा कोरोना भाइरस नभएको पुष्टि भएको चौलागाई्रले जानकारी दिए । यस्तै आजै झापाको शिवसताक्षी नगरपालिकामा १६ जनाको आरडिटी परीक्षण गर्दा एन्टीबडी नेगेटिभ रिपोर्ट आएको उनले बताए ।