एजेन्सी – अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आगामी महिनादेखि अमेरिकामा लकडाउन हटाउन नयाँ रणनीति सार्वजनिक गरेका छन् । राज्यका गभर्नरहरुका लागि एक निर्देशिका जारी गर्दै ट्रम्पले तीन चरणमा लकडाउन खुला गर्ने रणनीतिक योजना अघि सारेको बीबीसीले उल्लेख गरेको छ ।


ADVERTISEMENT


अमेरिकामा अहिलेसम्म कोरोना भाइरसका कारण ६ लाख ५४ हजार तीन सय १ जना संक्रमित भइसकेका छन् भने ३२ हजार एक सय ८६ जनाको मृत्यु भइसकेको छ । यस्तो अवस्थामा राष्ट्रपति ट्रम्पले केही राज्यहरुमा यसै महिनादेखि लकडाउन हटाउन सक्ने बताएका छन् ।


ADVERTISEMENT

# # #


दैनिक ब्रिफिङका क्रममा बिहीबार राष्ट्रपति ट्रम्पले भनेका छन् ‘हाम्रो युद्धको अर्को मोर्चामा अमेरिका फेरि खुला हुनेछ ।’

ट्रम्पले अगाडि भनेका छन् ‘अमेरिका खुला हुन चाहन्छ र अमेरिकन खुला हुन चाहन्छन्, देश बन्द राख्नु दिगो समाधान होइन ।’ उनले लामो समयको लकडाउनले सार्वजनिक स्वास्थ्यमा गम्भीर समस्या ल्याउने सम्भावना देखिएको बताएका छन् ।