पाँचथर – पाँचथरमा अहिले ३१ जना क्वारेन्टाइनमा रहेका छन् । चैत महिना लागेयता जिल्ला बाहिरबाट आएका व्यक्तिलाई समेत अहिले क्वारेन्टाइनमा राखिएको हो । विगतमा यहाँ १०४ व्यक्ति क्वारेन्टाइनमा दुई हप्ता बिताई घर फर्किसकेका छन् । उनीहरु अधिकांश विदेशबाट फर्केका व्यक्ति तथा तिनको परिवारका सदस्य थिए । विदेशबाट फर्केका तथा तिनको सम्पर्कमा आएका व्यक्तिलाई दुई हप्ता क्वारेन्टाइनमा राखी घर पठाइएपछि अधिकांश क्वारेन्टाइन खाली भएका थिए । लामो समयपछि समेत कोभिड–१९ लक्षण देखा पर्ने भएपछि जिल्ला बाहिरबाट आएकालाई क्वारेन्टाइनमा राखिएको हो ।


ADVERTISEMENT


जिल्लाका आठ स्थानीय तहमा २०४ शय्याको क्वारेन्टाइन निर्माण गरिएका छन् तर अधिकांशको सरकारको पछिल्लो निर्णयानुसारको स्तरोन्नति भने हुन सकेको छैन । अहिले क्वारेन्टाइनमा राखिएका केही व्यक्ति भने चैत लागेयता विदेशबाट फर्केका समेत छन् । लुकीछिपी बसेका तथा कोभिड–१९ सँग लक्षण मिल्ने स्वास्थ्य समस्या भएकालाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ ।


ADVERTISEMENT

# # #


यस्तै छ जनालाई जिल्लास्थित अस्पतालमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ । उच्च ज्वरो आएका तथा कोभिड–१९ सँग लक्षण मिल्ने बिरामीलाई आइसोलेसनमा राखी स्वाब परीक्षणका लागि कोशी अञ्चल अस्पताल पठाइएको हो । हालसम्म पाँचथरमा १७४ को द्रुत डाइग्नोस्टिक परीक्षण ९आरडिटी० सम्पन्न भएको छ ।

यस्तै १९ जनाको स्वाब परीक्षणसमेत गरिएको छ । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो । पछिल्लो पटक छ जनाको स्वाब परीक्षणका लागि कोशी अञ्चल अस्पताल विराटनगर पठाइएको र रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारदमुनि सुवेदीले बताए । रासस